जनकपुरका प्रमुख कुशवाहालाई अमानवीय व्यवहार गरेकोमा मानव अधिकारकर्मीद्वारा आपत्ती

५ कार्तिक, काठमाडौं : खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गरेको भन्दै मानव अधिकारकर्मीले आपत्ती जनाएका छन् । न्यायका लागि मानवअधिकारले वक्तव्य निकाल्दै कानुन हातमा नलिन तथा सुशासन कायम गर्न आग्रह गरेको छ ।

कुशवाहलाई कब्जामा लिएर सार्वजनिक बेइज्जती गर्दै नगर परिक्रमा गराएको भन्दै ध्यानआकर्षण भएको जनाएको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘ देशमा विकाश, शान्ति, सुशासन कायम गर्नको लागि कानुनी शासन, दण्डहिनताको अन्त्य, मानव अधिकारको सम्मान हुन अनिवार्य छ ।

frontline

जनकपुरमा घटनाले दलका कार्यकर्ताले कानुन हातमा लिएको । कानुनी कारबाहीको सट्टा गरिएको भौतिक कारबाहीले विकृतिको अन्त्य नहुनुका साथै कानुन, संविधान र मानव अधिकारको चरम उलंघन भएको यस संजालको ठहर छ ।’

‘विकृतीको विरुद्धमा राज्यका प्रणालीहरुले उचित कदम चाल्न तथा ब्यक्ति उपर भौतीक आक्रमण नगर्न र शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी पाएका निकायहरुले अमानविक, गैह्रकानुनी कार्य प्रभावकारी रुपमा रोक्न तथा दोषिउपर कारबाही गर्न र भ्रष्टाचार, विकृति, कुशासनविरुद्धमा परिणाममुखी भूमिका निभाउन सरोकारवाला सबैमा तथा धैर्य, सम्यमता, कानुनको पालना र मानव अधिकारको सम्मान गर्न जनमत दल तथा अन्य राजनैतीक दलहरुलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here