जडीबुटी संकलन गर्न गएका दुईजना काठे मुढोबाट खसेर बेपता

शुक्रबार, हुम्ला । जडीबुटी संकलन गर्न गएका दुई जना काठे मुढोबाट खसेर बेपता भएका छन ।

खार्पुनाथ गाउँपालिका(२ थाली अन्दाजी ४० वर्षका जस बहादुर रावल र अन्दाजी १७ वर्षीय सुनिता रावल काठेमुढोबाट खसेर बेपता भएका हुन् ।

frontline

खार्पुनाथ गाउँपालिका २ लाम्पाटा नजिकै कबाडीको यार्वा भन्ने स्थानबाट काठेमुढोबाट नदी पार गर्ने क्रममा खसेर बेपता भएको खार्पुनाथ गाउँपालिका (२ का स्थानीय गणेश रावलले जानकारी दिए ।

काठेमुढोबाट नदी पार गर्न क्रममा खसेर बेपता भएको रावलले बताए । बिहिवार दिउसो ४ बजेतिर बेपता भएका उनीहरूको स्थानीयले खोजी कार्य गरेको रावलले बताए ।

जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ ।

हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here