जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१३ भदौ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटामा आज साँझ अबेर जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जङ्गली हात्तीको आक्रमणबाट शुक्लाफाटा नपा-७ सिमलफाँटाका २२ वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ।

frontline

हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली पुगी सकेका छन्। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here