जग्गा खरिदको विषयको विवादमा एक जनाको हत्या, तीन जना घाइते

१६ मंसिर, जनकपुरधाम । धनुषामा जग्गा खरिदको विषयमा भएको विवादमा एक जनाको हत्या भएको छ। बाख्राले बाली खाएको र जग्गा खरिदको विषयमा भएको दुई पक्षीय विवादमा घरेलु हतियार प्रहार गरी एकजनाको हत्या भएको हो। अन्य भएका छन्।

हत्यामा संलग्न अभियुक्तहरुलाई जिल्ला प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मिथिला विहारी नगरपालिका-४ रमौलका ४१ वर्षीय लालबाबु यादव र सोही ठाउँ बस्ने ३१ वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।  

frontline

मिथिला विहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवलाई बिहीबार राति साढे ८ बजे घुर ताप्दै गरेको समयमा घरेलु हतियार बन्चरो प्रयोग गरी हत्या गरिएको छ। 

सुरज यादवको परिवारको समूहले घरेलु हतियार सहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताए।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो छोरा आशोक यादव घाइते भएका छन्। 

सन्तोष यादवको टाउकोमा १८ वटा टाका लगाइएको छ भने एउटा हातको दुईवटा औंला छिनेको छ। अन्य सामान्य घाइतेहरूको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

मृतकका छोरा अशोकका अनुसार राति ८ बजे घरमा खाना खाएर आगो ताप्न बसेको बेला सुरज यादव सहित १० जनाको समूहले घरेलु हतियार बञ्चरो, खुकुरीसहित आक्रमण गरको आरोप छ। 

‘बुबालाई एक्कसी बञ्चरो हानेपछि वहाँ चिच्याउनु भो, हामी आगनबाट दौडेर आउँदा हामीमाथि पनि आक्रमण भयो। बुबाको बञ्चरोको प्रहारले त्यही मृत्यु भयो। हामी घाइते भयौं। अरू कुराहरु थाहा भएन,’ अशोकले गहभरि आँसु चुहाउदै भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here