छुट्टाछुट्टै भएको आगलागीमा परेर दुईजनाको मृत्यु

सान्केतिक तस्बिर

२५ माघ, काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परेर दुईजनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको बुलेटिन प्रकाशन गर्दै मोरङ र धनुषामा आगोले जलेर उनीहरूको मृत्यु भएको जनाएको हो ।

frontline

क्षिरेश्वर नगरपालिका-९ इच्छापुर, धनुषाकी ८० वर्षीया मटरीदेवी पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साथै पथरी शनिस्चरे-७ कीर्तिपुर मोरङकी ७१ वर्षीया ज्ञानमाया राईको ज्यान गएको इलाका प्रहरी कार्यालय थपरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here