छतबाट खसेर एक वृद्धको मृत्यु

५ फागुन, विराटनगर  । मोरङको उर्लाबारी नगरपालिका–६ जनपथ चोकमा घरको छतबाट खसेर शुक्रबार बिहान एक जना वृद्ध पुरुषको मृत्यु भएको छ। 

छतबाट खसेर ८७ वर्षीय भीमबहादुर महराको मृत्यु भएको हो। आफ्नै २ तले घरको छतमा घाम तापेर कुर्सीमा बसिरहेका बेला बिहान १० बजेतिर अचानक खसेका महराको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। 

frontline

उनका अनुसार शव पोस्टमार्टमका लागि उर्लाबारीकै मंगलबारे अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको कार्कीले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here