चौतारा साँगाचोकगढी नगरपालिकामा औद्योगिक ग्राम बन्ने, यसै वर्ष निर्माण थालिने
फ्रन्टलाइन, पालिका विशेष । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ स्थित कुविण्डेमा औधोगिक ग्राम बन्ने भएको छ ।
४० रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त औद्योगिक ग्राम निर्माणका लागि नगरपालिका र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय बिच सम्झौता भैसकेको नगरपालिकाका प्रमुख अमान सिं तामाङले जानकारी दिनुभयो ।
नगरप्रमुख तामाङका अनुसार सम्झौता भए अनुसार औद्योगिक ग्रामका लागि यस आर्थिक बर्षको लागि मात्रै मन्त्रालयले ९२ लाख उपलब्ध गराउने छ । उक्त रकमले यस बर्ष जग्गा तयारी (फाउन्डेसन तयारी) गरिनेछ ।
नगरप्रमुख तामाङका अनुसार औद्योगिक ग्राम भित्र कृषि उत्पादन प्रशोधन उद्योग, डेरी उद्योग, जडिबुटी प्रशोधन उद्योग, काठ तथा बाँस बाट बन्ने उत्पादनमुलक उद्योग , खानी तथा खनिजमा आधारित उद्योग, पानी प्रशोधन उद्योग, विभिन्न प्रकारका मेसिन तथा मेसिनरी उद्योग,प्राविधिक, सिपमुलक कार्यमा आधारित सामग्री उद्योग,सफ्टवेयर सामग्री उत्पादन र स्थानीय हरुको मागमा आधारित अन्य उद्योग रहने छ्न ।
प्रतिक्रिया दिनुहोस्