चोलेन्द्रको शब्दप्रति शम्भु थापाको आपत्ति

२९ भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राणाले संसद्को महाअभियोग सिफारिस समितिमा बोलेको शब्दप्रति आपत्ति जनाएका छन् ।

बुधबार पूर्वन्यायाधीश समाजले आयोजना गरेको कार्यक्रमा बोल्दै निलम्बित प्रधानन्यायाधीश राणाले समितिमा बयान दिने क्रममा पूर्वन्यायाधीश समाज र पदाधिकारीमाथि तुच्छ शब्द प्रयोग गरेको भन्दै उक्त शब्दप्रति उनले आपत्ति जनाएका हुन् ।

frontline

कार्यक्रममा अधिवक्ता थापाले भने, ‘जस्ता तुच्छ शब्द प्रयोग गर्नुभयो, त्यसले उहाँको हैसियत के रहेछ भन्ने बुझाउँछ । एक दिनमा घुस्याहा बन्न सकिन्छ, तर स्थापित वकिल र निर्भीक न्यायाधीश बन्न समय लाग्छ, तपस्या चाहिन्छ ।’

यसैगरी वरिष्ठ अधिवक्ता थापाले महाअभियोग मुद्दाको फैसला पनि चाँडै हुनुपर्ने बताएका छन् । उनका अुनसार आगामी प्रतिनिधिसभाको चुनाव नजिँकिदै जाँदा र प्रतिनिधिसभाको कार्यकाल सकिँएमा पनि महाअभियोग सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here