चोरिएको स्कुटरसहित एक व्यक्ति पक्राउ

सप्तरी । स्कुटर चोरेर भारततर्फ जाँदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ ।

डाक्नेश्वरी नगरपालिका–९ की पुनम साहको स्कुटर चोरेर भारततर्फ जाँदै गरेका सोही ठाउँका २६ वर्षीय जितेन्द्र सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

frontline

प्रदेश २–०१–००१ प ३७४० नम्बरको स्कुटर चोरेर जाँदै गरेका सरदारलाई बोदे बर्साइन नगरपालिका–९ स्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए ।

उनका अनुसार सरदारले स्टाफ नर्स साहको घरको ग्रिल तोडी बुधबार राति स्कुटर चोरेर भारततर्फ जाँदै थिए ।

चोरिएको स्कुटरसहित पक्राउ परेका सरदारलाई नेपाल प्रहरीको जिम्मा लगाइएको बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

poster-here