चुरोटका ठुटा टिप्न स्विडेनका विभिन्न कम्पनीले कागको प्रयोग
२० माघ, स्टकहोम । चुरोटका ठुटा टिप्न स्विडेनका विभिन्न कम्पनीहरुले कागको प्रयोग गरेका छन्।
स्विडेनको सहरका विभिन्न गल्ली र सार्वजनिक स्थलहरुमा फालिएका चुरोटका ठुटा टिप्न त्यहाँका कम्पनीहरुले कागको प्रयोग गरेका हुन्।
चुरोट तानेर जथाभाबी फ्याँकीएका चुरोटका ठुटा टिप्न त्यहाँका केही कम्पनीहरुले कागलाई तालिम दिएका थिए। सहरका विभिन्न गल्ली, चोक र अन्य सार्वजनिक स्थलमा फ्याँकिएका चुरोटका ठुटा टिप्न र सहरलाई सफा सुग्घर राख्न तालिम प्राप्त कागहरु ख्टाइएको कर्भिड क्लिनिङ कम्पनीले जनाएको छ।
‘जंगली पन्छी कागलाई भोलुन्टरको रुपमा काममा लगाइएको छ,’ कर्भिड क्लिनिङका संस्थापक गुन्थर ह्यानसेनले गार्जियनसँग भनेका छन्, ‘ती कागहरुलाई हामीले चुरोटका ठुटा टिप्ने तालिम दिएका थियौं।’
दि किप स्विडेन टाइडि फाउन्डेसनका अनुसार स्विडेनको विभिन्न गल्लीहरुमा वर्षमा १ अर्बभन्दा बढी चुरोटका ठुटा भेटिने गर्छन्।
त्यहाँका विभिन्न संघसंस्थाहरुले सहरका गल्ली र अन्य सार्वजनिकस्थल सफा गर्न वर्षेनि १.६ मिलियन पाउन्ड खर्च गर्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस्