चुनावी कार्यक्रम सिकागो-एनआरएन अमेरिका: सुवेदी-अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा हुने भएको छ।
फेब्रवरी २७, २०२१ मा होम टाउनबाट अध्यक्षका लागि औपचरिक रुपमा उम्मेदवारी घोषणा गरेका सुवेदी वर्तमान कार्यसमितिमा उपाध्यक्ष पनि हुन्। आफ्नो पहिलो चुनावी कार्यक्रम न्यूयोर्कबाट मार्च २१ मा सुरु गरेपछि सिकागोको दोश्रो चुनावी कार्यक्रम हो। यसो हेर्दा सुवेदीको प्रचार अभियान पूर्वबाट पश्चिम तर्फ केन्द्रित जस्तो देखिएको छ।




उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीको सिकागोको चुनावी कार्यक्रम तथा भेटघाट मार्च २८, २०२१ आइतबार रहेको छ। बिहान ११:०० बजे देखि सुरु हुने कार्यक्रम दिनको ३:०० बजे सम्म हुने बताइएको छ। कार्यक्रममा सुवेदीको स्पीच, अन्य उम्मेदवारको परिचय र सहभागीबाट उठेका प्रश्नहरुको जवाफ दिने क्रम हुने बताइएको छ।
अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि हुन लागेको यो चुनावमा सुवेदी फ्रन्ट रनर मानिएका छन्। यो पटक पन्जिकरी सदस्य २० हजार कट्नुमा मेम्बर्शिप ड्राइभका समय थुप्रै प्रमुख शहर पुगेका सुवेदी र उनको टिमको पहल र जोडलाइ प्रमुख योगदान मानिएको छ। धेरै जसो युवा, महिला र बौद्धिक जमातले सपोर्ट गरेको सुवेदीका समर्थकहरुमा राजनैतिक क्षेत्र पनि उत्तिकै सपोर्टिभ रहेको पाइएको छ।
यो पटक सिकागोकोको कार्यक्रममा न्यूयोर्कको भन्दा फरक हुने बताइन्छ। अरु धेरै पदका आकांक्षीहरु उपस्थिति हुने, भेटघाट, कुरा सुन्ने र सुझाव लिने अनि त्यसै अनुरुप योजना गर्ने कुरा सुवेदीले जानकारी दिए। न्यूयोर्कको चुनावी कार्यक्रम पहिलो थियो। त्यसपछि दुइदिन सम्म आस-पासका थुप्रै व्यक्तिहरुसँग भेटघाट अभियानपछि अझै धेरै हौसला मिलेको कुरा सुवेदीको छ।
आजकल थुप्रै उम्मेदवारहरुले आफूसँग सहकार्य गर्न आकांक्षा गरेको बताउने सुवेदीले आफू सबैसँग मिलेर सहकारी गर्दै जाने कुरा समेत बताए। आफ्नो योजना भनेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकालाई संसारको उत्कृष्ट, सक्श्त र टिचिङ्ग एनसीसी बनाउने रहेको छ। हाल आफू त्यसैको लागि विभिन्न अभियन्ता, अग्रज, बिज्ञ र साथीहरु, सहकर्मी, संचारकर्मी सबैसँग राय र मन्थनमा रहेको कुरा बताए।
प्रतिक्रिया दिनुहोस्