चुनावमा घोषणा गरेमध्ये ८० प्रतिशत काम सक्यौं-ललितरपुर महानगर प्रमुख महर्जन

ललितपुर महानगरपालिकाले स्मार्ट सिटि अन्तर्गत सहरलाई व्यवस्थित सफा बनाउने अभियान अन्तर्गत घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्ने काम नगर्न आग्रह गरेको छ ।

ललितपुर महानगरले स्मार्ट सिटि अनन्तर्गत विभिन्न अभियान सुरुवात भएको बताएको छ । यसै अन्तर्गतको एक अभियानमा महानगरले शहरी सौनदर्यतालाई बढाउन सफा र हरियाली बनाउन जथाभावी टाँसीएका पम्पलेट पोष्ठर जथाभावी टाँगिएका ब्यानर, टाँसी शहर कुरुप बनाउने काम बन्द गर्न आग्रह गरेको छ । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले जथाभावी टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर उक्त कार्यको सुरुवात शुक्रवारबाट गरेका छन् । यसरी जथाभावी पम्पलेट टाँगेको पईएमा महानगरले जरिमाना सहित कार्बाही गर्ने महानगर प्रमुख चिरिबाबु महर्जनले बताए ।

frontline

महानगरल स्मार्ट सिटि अन्तर्गतका विभिन्न अभियानमा शहरी सौन्दरयतामा महानगर अनतर्गत रहेर विभिन्न अभियान चालेको बताएको छ । जथाभावी फोहोर हटाएर खम्बा मा हरियो रङ लगाउने महानगरले सुरुवात गरेको छ । हरियाली महानगर बनाउन जथाभावी पम्प्लेट टाँस्नेलाई सचेत बनाउन यो अभियान थालेको महानगरले बताएको छ । महानगर प्रहरीले यो कार्यमा २४ घण्टानै निगरानि गर्नेछन् । चुनावी घोषणामा उल्लेख गरे अनुसार महानगरले हालसम्म ८० प्रतिशत काम सम्पन्न गरेका महानगर प्रमुख चिरिबाबु महर्जनले बताए ।

महानगरले तत्काल यो काम बाग्मती पुलबाट जउलाखेल, लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म र पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here