चुनावको तयारीबारे छलफल गर्न लोसपाको केन्द्रीय बैठक बस्दै

१६ चैत, काठमाडौं । स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको छ ।

नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

frontline

बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ ।

लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलमा रहेको समाचार सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here