चुच्चे नक्सा अनुसार नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्छ : सीमाविद् बुद्धिनारायण श्रेष्ठ

शुक्रबार, काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार आफैंले लेखेको ‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकको लोकार्पण कार्यक्रममा सीमाविद् श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरे पनि क्षेत्रफल सार्वजनिक नगरेको बताए ।

frontline

नयाँ नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए ।

आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग किलोमिटर थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

‘अब नेपालको बढेको क्षेत्रफल कति हो त ? साविकमा १ लाख ४७ हजार १८१ वर्ग किलोमटिर थियो भने कति बढ्यो ? अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन ।

यसले गर्दा लोकसेवा आयोगका परीक्षार्थीलाई मार परेको छ,’ उनले भने, ‘मैले आफैंले विभिन्न नक्सा अध्ययन गरेर हेर्दा साविक क्षेत्रफलमा ८२६ वर्ग किलोमिटर भूभाग थपिएको मलाई लाग्दछ ।’

सीमाविद् श्रेष्ठले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’मा नेपालको सीमानाको साथै नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाको सम्बन्धमा पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here