चीनलगायत विश्वका विश्वविद्यालयमा अध्ययनका लागि छिट्टै जाने व्‍यवस्था मिलाउँछु : परराष्ट्रमन्त्री खड्का

१७ कार्तिक, काठमाडौं। परराष्ट्रमन्त्री डा.नारायण खड्काले चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीको लागि छिट्टै जाने व्‍यवस्था मिलाउने बताएका छन् ।

मंगलबार विभिन्न विद्यार्थीसंगठनहरुले सिंहदरवारमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई ज्ञापन पत्र बुझ्‍दै उनले भने, ‘ यो मानवीय समस्या हो, यो समस्या समाधानका लागि मैले १५ दिनअघि पनि चीनकी महामहिम राजदूतलाई भेट्दा यो समस्या लगायत खाद्य आपूर्ति र नाका खोल्नु पर्ने समस्याको समाधान गर्नुपर्छ भनेको थिएँ, उहाँले यसलाई चीन सरकारले गम्भीरताका साथ लिएको बताउनुभएको थियो, सरकार विद्यार्थीहरुको समस्या समाधानको लागि गम्भीर छ, हामी यो समस्यालाई हामी चाँडै समाधान गर्नेछौँ, तपाईहरुको समस्या हाम्रो समस्या हो, सरकारको समस्या हो, साझा समस्या हो।’

frontline

उनले छिटै नै विदेश अध्ययनका लागि जाने व्यवस्था मिलाउने आश्वासन दिए । मन्त्री खड्काले विद्यार्थीहरुको अध्ययन गर्न जान नपाएको समस्या गम्भीर रहेको र यस बारेमा आफूले कुरा पनि उठाएको बताए । उनले भने, ‘ यसबारेमा सरकारले चीन लगायतका राजदूतसँग बसेर छलफल गर्छ र समस्याको समाधान गर्नेछ।’

मन्त्री खड्काले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नुहने बताउँदै सरकारले विद्यार्थीको भविष्य बनाउन भूमिका खेल्ने बताए ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ लगायतका ६ विद्यार्थी संघठनले कोरोनाका कारण चीनबाट नेपाल फर्काइएका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको भन्दै उनीहरुलाई विदेशका विश्वविद्यालयमा जान सक्ने व्यवस्था मिलाइदिन माग गर्दै परराष्ट्रमन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here