चीनमा फेरि बढ्यो कोरोना, केही विद्यालय बन्द, केहीमा अनलाइन कक्षा सुरु

४ पुस, चीन । कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि कोरोना संक्रमण बढेको छ।  संक्रमण बढ्न थालेपछि केही विद्यालय बन्द गरिएका छन् भने केही विद्यालयमा अनलाइन कक्षा सुरु हुन थालेका छन्।

चीनको एक शीर्ष स्वास्थ्य अधिकारीले चीनमा जाडो मौसममा कोरोनाका तीनवटा लहर आउन सक्ने दावी गरेका छन्।

frontline

चीनले अहिले यीमध्ये पहिलो लहरको सामना गरिरहेको उनको भनाइ छ। महामारी विशेषज्ञ बु जुन्याओले संक्रमणको पछिल्लो वृद्धि जनवरीको मध्यसम्म रहने बताएका छन्।

उनका अनुसार दोस्रो लहर जनवरीको अन्त्यमा आउने अनुमान गरिएको छ। दोस्रो लहर २१ जनवरीबाट हुने र त्यही बेला चिनिया नयाँ वर्ष सुरु हुने र मानिसको चहलपहल बढ्‍ने भएकाले संक्रमण दर बढ्नसक्ने अनुमान गरिएको हो।

फेब्रुअरीको अन्त्यदेखि मार्चको मध्यसम्म मानिसहरु बिदा सकेर काममा फर्किने क्रममा संक्रमणको तेस्रो लहर आउने अनुमान चिकित्सकको छ।

यसैबीच चीनको सबैभन्दा ठूलो सहर सांघाइमा कोरोना संक्रमण दर बढ्दै गएपछि अधिकांश स्कुलहरुमा अनलाइन कक्षाबाट पढाइ गर्न निर्देशन दिइएको छ।

सांघाइ शिक्षा ब्युरोका अनुसार सोमबादेखि नर्सरी र बाल हेरचाह केन्द्रहरु पनि बन्द भएका छन्।

सहरका केही विद्यालयले शिक्षक र कर्मचारीको स्वास्थ्यमा समस्या देखिएपछि अनलाइन कक्षा समेत बन्द गरिसकेका छन्।

शनिबार सांघाइको शिक्षा ब्युरोले प्राथमिक र माध्यमिक विद्यालयहरुले सोमबारदेखि अधिकांश कक्षाहरु अनलाइन सार्नुपर्ने निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here