चीनका एक अरब २४ करोडले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
६ चैत, बेइजिङ । चीनमा एक अरब २४ करोडलाई कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो सङ्ख्या शुक्रबारसम्मको हो ।
चीनमा सन् २०२१ को अन्त्य सम्ममा एक अरब ४१ करोड जनसङ्ख्या रहेको देखाइएको थियो ।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले तीमध्ये कुल ६४ करोड ९० लाखले अतिरिक्त खोप नै लगाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ६० बर्षभन्दा बढी उमेरका ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् ।
त्यसैगरी सङ्क्रमणबाट मृत्यु भएकाहरूको सङ्ख्या घटाउन अतिरिक्त खोप निकै उपयोगी भएको उहाँको भनाइ छ ।
पूर्ण खोप लगाउने र अतिरिक्त खोप लगाउने अभियान अहिले पनि चलिरहेको र कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन अपनाउनु पर्ने उपायहरू पनि अपनाउन लगाइएको अधिकारीहरूले जनाएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्