चीन र रुसका विदेशमन्त्रीबीच फोनमा वार्ता
१३ फागुन, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ ।
उनीहरूका बीचमा बिहीबार फोनवार्ता भएको छ । बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको थियो ।
त्यसपछि बिहीबार राति उहाँहरुका बीचमा फोनवार्ता भएको समाचारमा जनाइएको छ । सो फोनवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रुसले गरेको हमलाको बारेमा जानकारी गराएका थिए ।
रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हवाई हमला गरिरहेका बताइएको छ ।
सो फोनवार्ता खासगरी युक्रेनमाथिको हमला र त्यसका कारण विश्वमा उत्पन्न भएको राजनीतिक तरंगका विषयमा केन्द्रित रहेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्