चिसोका कारण धनुषासहित प्रदेश २ का विभिन्न जिल्लामा जनजीवन प्रभावित

४ पुस, धनुषा ।  अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश २ का विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

frontline

चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् ।

चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।

वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here