चिसापानीका वडाअध्यक्ष रामकुमार श्रेष्ठको ६४ वर्षको उमेरमा निधन

१३ पुस, खोटाङ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका वडाअध्यक्ष रामकुमार श्रेष्ठको ६४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मुटु रोगले पीडित श्रेष्ठको सोमबार राति निधन भएको हो ।

frontline

श्रेष्ठको मंगलबार स्थानीय भानुमतिमा अन्त्येष्टि गरिएको छ । कांग्रेसको स्थानीय नेता समेत रहेका श्रेष्ठको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरिएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए ।

श्रेष्ठ साविक चिसापानी गाविसका पूर्व गाविस अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here