चितवनमा २१३ जनामा डेङ्गु संक्रमण, २६८ जनामा स्क्रबटाइफस

३ साउन, चितवन  । चितवनमा गत आर्थिक वर्ष ०७८/७९ मा डेङ्गु संक्रमण घटेको छ । गत आवमा चितवनमा दुई सय १३ जनामा डेङ्गु संक्रमण भएको हो ।

गत आवमा तीन हजार ५६४ जनामा डेङ्गु परीक्षण गरिएकोमा दुई सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

frontline

अघिल्लो आव ०७७/७८ मा एक हजार ९८६ जनामा परीक्षण गर्दा दुई सय २४७ जनामा संक्रमण पुष्टि भएको थियो ।

गत आवमा डेङ्गुसँगै स्क्रबटाइफस संक्रमित पनि घटेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आवमा दुई सय ६८ जना स्क्रबटाइफसका बिरामी फेला परेका हुन् । सो अवधिमा तीन हजार २८६ जनामा स्क्रबटाइफस परीक्षण गरिएको थियो ।

यस अघि अघिल्लो आव ०७७/७८ मा दुई हजार २९० जनामा परीक्षण गर्दा तीन सय १८ जना स्क्रबटाइफसका बिरामी फेला परेका थिए ।

सोही अवधिमा स्क्रबटाइफसबाट एक जनाको ज्यान समेत गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रबटाइफस भने मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट सर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here