चितवनमा बाबुबाटै छोरीले बच्चा जन्माइन्

आफ्नै बाबुको करणीबाट बच्चा जन्माउने छोरी पनि बच्ची नै हुन्–१५ वर्षकी बालिका । बाबुको उमेर अन्दाजी ४५ वर्ष । ती बाबुछोरीको संसर्गबाट बच्चा जन्मिएको हिजो हो ।
चितवनको कालिका नगरपालिका वडा नं. ८ मा भएको घटना हो । घरमा बा, आमा र छोरी तीन जना मात्रै । ज्याला मजदुरी गर्ने बाबुले छोरीलाई ललाइफकाई पटक–पटक शारीरिक सम्बन्ध राख्दै आएका रहेछन् । पछि–पछि यो कुरा आमाले पनि थाहा पाइन् तर श्रीमानको धम्की,लोकलाजलगायत विविध बाध्यताले गर्दा घटना लुकाउनु पर्ने विवशता थियो । अविवाहित बालिकाले हिजो बच्चा जन्माएपछि छिमेकीबाट प्रहरीलाई खबर भयो ।




‘आफ्नै सहोदर बालिका छोरीलाई जबरजस्ती करणी गर्नु भनेको अकल्पनीय घटना हो । यहाँ म आएपछि यस्तो घटना दुईवटा देखें’,डिएसपी रञ्जनले भने, ‘पहिले पनि एउटा घटना भा”थ्यो । एक वर्षअघि आफ्नै छोरीलाई रेप गरेर बाबु फरार थिए ।’
प्रहरीले छोरीलाई करणी गर्ने पितालाई पक्राउ गरिसकेको छ । अहिले ऊ इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा छ । जबरजस्ती करणी मुद्दामा आमाको तर्फबाट जाहेरी परेको इप्रका टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । हिजो भर्खर छोरा जन्माएकी बालिकालाई उपचारको लागि पठाइएको छ ।
यो घटनामा हाडनाता करणी समेत आकर्षित हुने देखिन्छ । हाडनातामा जन्मकैदको सजाय छ । यसमा बालिकामाथि जबरजस्ती करणीको केसमा मात्रै १२ देखि १४ वर्षसम्म कैद सजाय हुने अवस्था छ ।
‘आफ्नै सहोदर बालिका छोरीलाई जबरजस्ती करणी गर्नु भनेको अकल्पनीय घटना हो । यहाँ म आएपछि यस्तो घटना दुईवटा देखें’,डिएसपी रञ्जनले भने, ‘पहिले पनि एउटा घटना भा”थ्यो । एक वर्षअघि आफ्नै छोरीलाई रेप गरेर बाबु फरार थिए ।’ आफू आएपछि ती बाबुलाई पनि धादिङबाट समातेर कारागार पठाइएको जानकारी उनले गराए । अहिलेको घटनामा चाहिँ अपराधी भागेको थिएन । कोही कसैले रिपोर्ट गर्दैन भनेर ढुक्क रहेछ । यसलाई भरतपुरबाट प्रहरीले पक्राउ गरेको हो । बयान लिन बाँकी नै रहेको प्रनाउ रञ्जनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्