चितवनमा बसले किच्दा एक जनाको मृत्यु
२६ असार, चितवन । चितवनमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २४ बस्ने २१ बर्षीय सुरज नेपाली रहेका छन् ।
आज आईतबार बिहान भरतपुर महानगरपालिका २५ शुक्रनगरमा ना ५ख ९६७ नम्बरको बस बिग्री उक्त बसको चालक र सह-चालकले बस मर्मत गरि रहको अबस्थामा बस चालकले बस स्टार्ट गरि बस अगाडी बढाउने क्रममा बसको मुनि रहेका सह चालकको मृत्यु भएको हो ।
अचानक बसले किच्दा उनी गम्भिर घाईते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बस र बस चालक भरतपुर महानगरपालिका २७ बस्ने ४२ बर्षीय राज कुमार गुरुङ चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्