चितवनमा एकैदिन थपिए १२१ जना डेंगु संक्रमित
२५ असोज, चितवन । चितवनमा एकैदिन १२१ जना डेंगु संक्रमित थपिएका छन् । यससँगै जिल्लामा डेंगु संक्रमितको सङ्ख्या ८६६ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्लामा सबैभन्दा बढि भरतपुर महानगरपालिकाका ५७२ जना रहेका छन् । त्यसैगरी खैरहनी नगरपालिकामा ७२, माडी नगरपालिकामा १९ ,रत्ननगर नगरपालिकामा १३१, राप्ती नगरपालिकामा ४३, कालिका नगरपालिकामा २४ र इच्छाकामना गाउँपालिकामा ५ जना संक्रमित रहेका छन् ।
चितवनका कुल संक्रमित मध्ये ५०१ पुरुष र ३६५ महिला रहेका छन् । त्यस्तै, हाल सम्म २ जनाको मृत्यु भएको छ । हालसम्म भने जिल्लामा ६१५१ जनाको डेंगु परिक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्