चर्को व्याजदरविरुद्ध नेपालगन्जका उद्योगी व्यवसायीले दिए राष्ट्र बैंकमा धर्ना

७ असोज, नेपालगन्ज । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरविरुद्ध नेपालगन्जका उद्योगी व्यवसायीहरूले शुक्रबार नेपालगन्जको राष्ट्र बैंक अगाडि धर्ना दिएका छन्। 

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्ना दिएका हुन्।  बैंक तथा वित्तीय संस्थाहरूले १ असोजदेखि लागू हुने गरी ब्याजदर वृद्धि गरेका छन्। 

frontline

धर्नापछि संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक निभा श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए। 

‘कर्जाको ब्याजदर आकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य तथा वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहित हुनेतर्फ संघ सरकार, केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहन्छ’, संघका अध्यक्ष मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ। 

ब्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएका साना तथा मझौला उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ। 
अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजदरको भार थपिन जाँदा अर्थतन्त्रमा संकट आउनसक्ने आँकलन गर्न सकिने ज्ञापन पत्रमा उल्लेख छ। 

संघले नेपाल राष्ट्र बैंकले जारी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीतिले व्यवसायीहरूलाई अप्ठारो बनाएकाले उक्त नीति संशोधन गर्न माग गरेको छ। 

संघले राष्ट्र बैंकसँग अर्थतन्त्रमा नकारात्मक असर मात्र पार्ने ब्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्न पनि आग्रह गरेको छ। धर्ना कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका महासचिव डा.धवल शम्शेर राणाले पनि साथ दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here