चन्द्रागिरि नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

५ जेठ, काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी विजयी भएका छन्।

नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार गिरी निर्वाचित भएका हुन्।

frontline

विजयी गिरीले १५ हजार ४७५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राउतले १४ हजार ६५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन्। गिरी यसअघि पनि सोही नगरपालिकाको प्रमुख थिए।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अजय श्रेष्ठले एक हजार २१४ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भएकी छन्। विजयी श्रेष्ठले १५ हजार ५६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले चार हजार ४५९ मत प्राप्त गरेका छन्। नगरपालिकाको उपप्रमुखमा १० हजारभन्दा बढी मत बदर भएको थियो।

कूल १५ वडा रहेको चन्द्रागिरिमा कूल ४७ हजार २६४ मतदाता रहेकामा यो स्थानीय तहको निर्वाचनमा ३६ हजार ७०३ मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ। चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो।  -रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here