चन्द्रागिरि केबलकार शनिबारदेखि पुन सञ्चालनमा आउने

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिएका छन् ।

frontline

‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा भदौ १९  गतेदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुनेछन्,’ शाहले भने ।

पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् ।

कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा शनिबारदेखि नै जिपलाइन समेत शुारम्भ गर्न लागेको जानकारी दिए ।

पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here