चन्द्रपुरमा एक पुरुषको हत्या

रौतहट । रौतहटको चन्द्रपुरमा एक पुरुषको हत्या भएको छ । चन्द्रपुर नगरपालिका ३ गैंडाटार गाछीटोलका  ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शनिबार दिउँसो हत्या भएको हो ।

उनको हत्या गरिएको अवस्थामा शव फेला परेको मृतकका भाइ बोधनाथ घोरासैनीले बताए ।

frontline

शनिबार बिहान ८ बजे घाँस काट्न गएका घोरासैनी कालापानी सामुदायिक वनको झाडीमा मृत फेला परेका थिए ।  घोरासैनीको नियोजित तरिकाले हत्या भएको पीडित परिवारको दाबी छ।

घटनास्थलमा  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी  लिलाराज लामिछाने सहितको टोली पुगेर थप अनुसन्धान थालेको छ ।  त्यसका लागि प्रदेश–२ प्रहरी  कार्यालयबाट तालिम प्राप्त कुकुर बोलाइएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आशंकामा  स्थानीय प्रह्लाद कार्कीलाई नियन्त्रणमा लिएको छ । कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here