चट्याङ लागेर २ जनाको मृत्यु, एक जना घाइते

२५ जेठ, सिरहा । सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको धनगढीमाई नगरपालिका १३ भाल्टरका ४० वर्षीय बुद्ध बहादुर तामाङको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घरमै बसिरहेका उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले बताए ।

frontline

चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो । त्यसैगरी, मिर्चैया नगरपालिका ९ देउरालीका ५६ कुमलाल योञ्जन पनि चट्याङ लागेर घाइते भएका छन् । 

त्यस्तै गरेर नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो । 

काम गरेर घर फर्किंदै गरेको अवस्थामा थारूलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका थारूको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा साँझ ५ः५० बजे मृत्यु भएको पाठकले बताए ।

पाठकका अनुसार चट्याङबाट थारूको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here