चट्याङ लागेर देशभरी एकैदिन छुट्टाछुट्टै स्थानमा ६ जनाको मृत्यु

१४ असार, काठमाडौं । चट्याङ लागेर देशभरी एकैदिन छुट्टाछुट्टै स्थानमा ६ जनाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-३ मालाखेतीस्थित रेडियन्ट ग्याँस कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका-५का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै कैलालीकै कैलारी गाउँपालिका-१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखीदेवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ। चट्याङ् लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

frontline

कञ्चनपुरको पुर्नवास नगरपालिका-६ ‘न’ गाउँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका ८ ‘क’ गाउँ बस्ने २५ वर्षीया शारदा थापाको खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै रूपन्देहीको सियारी गाउँपालिका-२ च्याङठाका ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ।

यस्तै नवलपरासी पश्चिमका सुनवल नगरपालिका-९ स्वाठी बस्ने ६० वर्षिया मराछी चौधरीको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here