चक्रवात ‘अर्नब’को प्रभावले हिमपात र वर्षा, कहिले रोकिएला

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ समेतको प्रभावले गएरातिदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात भइरहेको छ। 

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कोसी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

frontline

मौसम महाशाखाले आज शुक्रबार बिहान ८ बजे अपडेट गरेको बुलेटिनअनुसार चक्रवात ‘अर्नब’को प्रभाव आज कात्तिक १३ गते र भोलि १४ गते शनिबार अपराह्नसम्म रहने सम्भावना छ। त्यसपछि वर्षा क्रमिक रूपमा कम हुँदै जाने सम्भावना छ।

हाल देशभर साधारणतया बादल लागेको छ भने कोसी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here