चक्कु प्रहार गरि एक जनाको हत्या

काठमाण्डौ । चन्द्रागिरि वडा नं ३ थानकोट स्थिति मङगलोदय मा.बि नजिक महोतरी जिल्लाका जितेन्द्र शाहको चक्कु प्रहार गरि हत्या गरिएको छ।

प्रहरी वृत थानकोटका अनुसार चक्कु प्रहार गरेर २० वर्षीय शाहाको हत्या गरिएको हो। हत्या आइतबार राति तिर भएको हो ।

frontline

मेमोरी कार्ड बेच्ने बिषयमा विवाद भए पछि चन्द्रागिरि नगरपालिका- थानकोटका शोम राज गोपाली र मनोज ड़ोंगले हाल चन्द्रागिरि ३ मा डेरा गरी बस्ने शाहालाई चक्कु प्रहार गरेर हत्या गरेका थिए।

गोपाली र ड़ोंगको प्रहारबाट गम्भीर घाइते भएका शाहको ट्रमा सेन्टमा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताए।

राज गोपाली र मनोज ड़ोंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here