घरजग्गामा बैंकहरूको २ खर्ब १६ अर्ब ऋण लगानी : एनआईएमबी सबैभन्दा अगाडि, अरुको कति

नेपालका वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा गरेको ऋण लगानी २ खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ।

२०८३ भदौसम्मको विवरणअनुसार २० वटा वाणिज्य बैंकले रियल इस्टेट क्षेत्रमा कुल २ खर्ब १६ अर्ब २३ करोड ७७ लाख रुपैयाँभन्दा बढी ऋण लगानी गरेका छन्।

frontline

घरजग्गामा सबैभन्दा धेरै ऋण लगानी गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ। बैंकले यस क्षेत्रमा २२ अर्ब ३२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ। दोस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकको लगानी २१ अर्ब २२ करोड ११ लाख रुपैयाँ छ।

त्यस्तै, एनआईसी एसिया बैंकले १८ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र नबिल बैंकले १७ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी गरेका छन्। प्रभु बैंकको लगानी १६ अर्ब ४५ करोड १७ लाख रुपैयाँ पुगेको छ। यी पाँच बैंक घरजग्गामा सबैभन्दा धेरै ऋण लगानी गर्ने बैंक हुन्।

नेपाल बैंक पनि घरजग्गा कर्जामा ठूलो लगानी गर्ने बैंकमध्ये छ। बैंकले यस क्षेत्रमा १६ अर्ब ३० करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ। लक्ष्मी सनराइज बैंकको लगानी १४ अर्ब ८० करोड ९८ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १२ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ छ।

हिमालयन बैंकले घरजग्गामा ११ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ। एभरेष्ट बैंकको लगानी ९ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९ अर्ब ६३ करोड १२ लाख रुपैयाँ छ।

राष्ट्रिय वाणिज्य बैंकले यस क्षेत्रमा ८ अर्ब १४ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ। सानिमा बैंकको घरजग्गा कर्जा ८ अर्ब १ करोड ७२ लाख रुपैयाँ पुगेको छ। एनएमबी बैंकले ६ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ र कुमारी बैंकले ६ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन्।

त्यस्तै, सिद्धार्थ बैंकको घरजग्गा क्षेत्रमा ५ अर्ब ४१ करोड २७ लाख रुपैयाँ लगानी छ। कृषि विकास बैंकले ३ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ र सिटिजन्स बैंकले ३ अर्ब २६ करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन्।

घरजग्गामा सबैभन्दा कम लगानी गर्ने बैंकमा माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंक छन्। माछापुच्छ्रे बैंकले १ अर्ब ७० करोड २६ लाख रुपैयाँ लगानी गर्दा नेपाल एसबीआई बैंकको लगानी १ अर्ब ४३ करोड ७८ लाख रुपैयाँ छ।

समग्रमा हेर्दा घरजग्गा क्षेत्रमा बैंकहरूको लगानीको आकार फरक–फरक छ। एनआईएमबी र प्राइम कमर्सियल बैंकको लगानी २० अर्ब रुपैयाँभन्दा माथि पुग्दा अन्य केही बैंकको लगानी ५ अर्ब रुपैयाँभन्दा कम छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here