बजारमा अत्यास लाग्दो महँगी: वर्षमै १४८ प्रतिशतले बढ्यो प्याज, खाद्यान्न धान्नै गाह्रो

नेपालीहरुको भान्सा अत्यधिक महंगिएको छ। पछिल्लो एक वर्षमा दैनिक अत्यावश्यक खाद्यान्न तथा तरकारीमा उच्च मूल्यवृद्धि भएको हो।

दैनिक चाहिने दाल, चामल, चिनी, तेल, तरकारीदेखि फलफूलसम्मको मूल्य उच्च हुँदा न्यून, मध्यम र तल्लो वर्गका नेपाली मारमा परेका छन्। 

frontline

गत वर्ष २०८२ को चाडपर्वको सिजन सुरु हुनुअघिभन्दा यो वर्ष २०८३ को सोही अवधिमा खाद्यान्न तथा तरकारीमा दुई गुणाभन्दा बढी मूल्यवृद्धि भएको छ। 

२०८२ असोज १ मा ३६ रुपैयाँ प्रतिकिलो रहेको सुकेको प्याज चालू वर्षको सोही अवधिमा ८९.५० रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ। 

एक वर्षको अवधिमा प्याज प्रतिकिलो ५३.५ रुपैयाँ अर्थात् १४८.६१ प्रतिशतले महंगो भएको छ। त्यसो त प्याज मात्र नभई अन्य तरकारी तथा दैनिक आवश्यक खाद्यान्नको मूल्य पनि अचाक्ली बढेको छ। 

कुनमा कति मूल्य अन्तर?

खाद्यान्न/तरकारी/फलफूलमूल्य रु.
(०८३ असोज १)
मूल्य रु.
(०८२ असोज १)
बढेको मूल्य
(रु.)
स्टिम जिरा मसिना (चामल) प्रतिकिलो११०९५१५
लङ ग्रेन बासमती प्रतिकिलो१९५१७०२५
तराई ताइचिन चिउरा प्रतिकिलो९०१००१० घटेको
मासको दाल प्रतिकिलो२२०२००२०
मसुरो प्रतिकिलो१४५१७०२५ घटेको
भटमास तेल प्रतिलिटर३००२४५५५
सनफ्लावर तेल प्रतिलिटर३१५२४५७०
भुटेको तोरीको तेल प्रतिलिटर४६०४१०५०
काँचो तोरीको तेल प्रतिलिटर४००३६०४०
जिरा प्रतिकिलो५४०५२५१५
चिनी प्रतिकिलो११०११००
गोलभेँडा ठूलो नेपाली प्रतिकिलो७५५५२०
आलु रातो (लाम्चो) प्रतिकिलो५३.६७५१२.६७
प्याज सुकेको (भारतीय) प्रतिकिलो८९.५०३६५३.५
काउली स्थानीय प्रतिकिलो११०७५३५
स्याउ (फुजी) प्रतिकिलो३७५३२०५५
केरा (दर्जन)१७५१३०४५
    
    

(कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र नेपाल खुद्रा व्यापार संघको मूल्यसूचीअनुसार गरिएको तुलना) 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here