घर-घरमै पुगेर बिरामीलाई सेवा दिदै उषा हेल्थ केयर सर्भिस एट होम
काठमाडौं-17 क्षेत्रपाटी स्थित उषा हेल्थ केयर सर्भिस एट होमले बिगत तीन बर्षदेखि चलाउदै आईरहनु भएको हेल्थ होम केयर घर-घरमै आएर लामो समय सम्म उपचार गर्नुपर्ने बिरामीलाई आवश्यक पर्ने अनुभवी नर्सिङ सेवा, डाक्टर सेवा, ल्याब सेवा घरमै उपलब्ध गराउँदै आएको छ।
उषा हेल्थ केयर सर्भिस एट होमले अपांगता भएका, घरमै औषधि चलाउनु पर्ने दीर्घ रोगी, प्यारालाइसिस भएका बिरामी, क्यान्सर भइ समय-समयमा किमो थेरापी, ब्रेन स्ट्रोक(न्युरो) लगायत विभिन्न बिरामीहरुलाई स्वास्थ्य सेवा घरमै पुगेर दिने गरेको संस्थाका निर्देशक अमित यादवले बताउँछन्।
उनले भने घर-घरमा अनुभवी डाक्टर, नर्स, पारामेडिक्स द्वारा राम्रो उपचार गरिने जस्तै- ड्रेसिङ, क्याथेटर लगाउने, केयर टेकर सेवा दिने, नाकमा NG टयुब हाल्ने, रगत जाँच गर्नुपर्ने बिरामीको पनि घरबाटै नमुना संकलन गरेर ल्याबरिपोर्टसमेत घरमै दिने गरेको बताए। र घरमै अनुभवी चिकित्सक द्वारा फिजियो थेरापी सेवासमेत उपलब्ध गराउँदै आएको यादवको भनाई छ।
‘हाम्रो सेवाबाट बिरामीले समयमा उपचार पाउँछन्। परिवारका सदस्यलाई पनि अस्पताल लगिराख्नु पर्ने झन्झट हुँदैन। उपचार नपाउने चिन्ता पनि हुदैन। बिरामीको अवस्था हेरेर हामीले निको नहुन्जेलसम्म उक्त सेवा उपलब्ध गराउँछौं,’ उनले भने।
काठमाडौं उपत्यका, बिरगंज,भरतपुर, धरान, इटहरी, विराटनगर र पोखराबाट सेवा प्रदान गर्दै आएको उनको भनाई छ। आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि सेवा विस्तार गरिने यादवले बताए।
‘हाम्रोमा शुल्क धेरै महँगो पनि छैन। बाटो खर्च जोडिदैन। बिरामीको सेवाको प्रकृति हेरेर शुल्क लिने गरेका छौं,’ उनले भने, ‘सेवा भावलाई प्राथमिकतामा राख्दै आएका छौं।’ अहिले 40 भन्दा बढी जना स्वास्थ्य कर्मचारीहरु बाट सेवा प्रदान गर्दै आएको उनले बताए।
सेवा लिनका लागि; ९८२३८१४५९५ र ९७४१६६२२७२ मा सम्पर्क गर्न सकिन्छ। उषा हेल्थ सर्भिस एट होम फेसबुक पेज, ईन्स्टाग्राम, ट्विटरमा गएर पनि सम्पर्क गर्न सकिने अमित यादवले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्