घनपोखरामा जीप दुर्घटना, १५ जना घाइते,१० जनाको अवस्था गम्भीर

१ भदौ, बेसीसहर । लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

frontline

बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग१ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट २० मिटर तल खसेको थियो।

घाइतेको प्रहरी र स्थानीय मिलेर उद्धार गरेको स्थानीय राम गुरूङले बताए। घाइतेलाई ४ वटा जिपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल पठाइएको छ। घाइते सबै स्थानीय रहे पनि नाम थर खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here