ग्रिकमा डुङ्गा डुब्दा हराएका २० यात्रीको शव भेटियो
१७ कात्तिक, इभा । ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ ।
उद्धारकर्मीहरुले ती शव निकालेका अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुँगा डुब्दा ती यात्रु हराएका थिए ।
मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार उनीहरुको शव भेटिएको बताएका छन् । ग्रिकको राष्ट्रिय समाचार समितिले डुङ्गा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ । सोही दिन १२ जनालाई जिवीतै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ ।
त्यसमा परेका अरु २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ ।
जिवीतै उद्धार गरिएकाहरुले सो डुँगामा ६८ जना यात्रु रहेका जनाएका छन् । त्यस डुँगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रबासीहरु रहेका बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्