गौर दुर्गामन्दिर चौक घन्टाघरमा माता दुर्गा भवानीको नेत्र मिलन सम्पन्न

मेवालाल यादव
असोज ३१ गते
रौतहटको सदरमुकाम गौर दुर्गा मन्दिर चौक घन्टाघरमा विजयादशमीको अवसरमा माता रानी (दुर्गा भवानी) को विधिपूर्वक पूजाअर्चना गर्दै नेत्र मिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दुर्गा मेला समितिले पूजाअर्चना गरी माता दुर्गा भवानीको नेत्र मिलन कार्यक्रम सम्पन्न गरेका हुन्।

धार्मिक विधि र परम्पराअनुसार सम्पन्न पूजाअर्चनामा सहभागी हुँदै दुवै नेताले माता दुर्गा भवानीको दर्शन तथा आराधना गरेका थिए। नेत्र मिलन कार्यक्रमसँगै गौर दुर्गा मन्दिर चौक घन्टाघर क्षेत्र भक्तिमय बनेको थियो भने माता रानीको दर्शन तथा पूजाआराधनाका लागि स्थानीय श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै युवा नेता तथा समाजसेवी देवी अधिकारी यादव उर्फ दादाले धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भाव कायम राख्न यस्ता धार्मिक कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहने बताए। यस्ता पर्व तथा धार्मिक अनुष्ठानले समाजमा आपसी एकता, भाइचारा र मेलमिलापको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने उनको भनाइ थियो।







प्रतिक्रिया दिनुहोस्