व्यास-नगरपालिकालाई-पीसीआर-मेसिन-उपहार

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगमले पाउने भएको छ।

ग्राउण्ड ह्यान्डलिङका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको टेण्डरमा लामो प्रक्रिया लाग्ने भएपछि निगमलाई दिन लागिएको हो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विदेशी कम्पनीलाई दिने प्रक्रिया लामो हुने भएकाले निगमलाई दिन लागिएको बताए।

frontline

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको काम समेत निगमले नै गरिरहेको छ। यो विमानस्थल संचालनका लागि जर्मनीको म्युनिख विमानस्थललाई दिने सम्भव नभएपछि प्राधिकरण आफैंले व्यवस्थापन सम्हाल्नेछ। निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले गौतम बुद्धको ग्राउण्ड ह्यान्डलिङको सम्झौता हुन बाँकी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here