गोल्छा ग्रुपको एक करोड सहयोग

श्रोत:ईन्टरनेट

अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई सहज बनाउन,आवश्यक बेडहरुको संख्या बढाउन सहयोग पुग्ने

काठमाडौ । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारको लागि एक करोड रुपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई एक करोड सहयोग हस्तान्तरण गरे ।

frontline

उक्त सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्नेछ । साथै स्वास्थ्यकर्मीहरुले दिने सेवा सहज बनाउन र आवश्यक बेडहरुको संख्या बढाउनेलगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उक्त सहयोग उपयोग हुनेछ ।

देश विषम परिस्थितिबाट गुज्रिरहेको र कोरोनाको यो दोस्रो लहरले सबैलाई अफ्ठ्यारोमा पारेको गेल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताए ।

ग्रुपले लकडाउनका बेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरि ल्याएर सरकारलाई हस्तान्तरण गरेको उनले बताए । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले गोल्छा ग्रुपले  विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेकोे सहयोग समय सापेक्ष भएको बताए । उक्त सहयोगले फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here