गोरु काटेको आरोपमा तीनजना पक्राउ

स्याङ्जा । मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ८ ढापुकफेदीका नैन सिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ हुन्।

आइतबार राति १ बजेतिर जिउँदो गोरु काट्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।  

frontline

गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुका साथबाट २ वटा चक्कु पनि नियन्त्रणमा लिइएको छ। 

आरोपित ३ जनालाइै पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here