गोरखामा आजदेखि निषेधाज्ञा खुकुलो, जोर बिजोरमा सवारी साधन चल्ने

गोरखा । गोरखामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा पहिले भन्दा खुकुलो बनाइएको बताए ।

बजार दिउँसो २ बजे सम्म खुल्नेछन् भने रेष्टुरेन्ट साँझ ५ बजे सम्म खुल्नेछ । आजदेखि जोर, बिजोरमा सवारी साधन चल्नेछन् ।

frontline

निजी तथा सार्वजनीक यातायात जोर गतेमा जोर नम्बर भएका र बिजोर गतेमा बिजोर नम्बर भएका सवारी साधन चल्न पाउनेछन् ।

भदौ १ गतेदेखि यातायात बजार पूर्ण रुपमा बन्द भएका थिए । बैंक बित्तिय संस्थापनि खुल्नेछन् । बाणिज्य बैंक भने बन्द रहने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

स्वास्थ्य सुरक्षाको मापदण्ड भने पूर्ण रुपमा पालना गर्न ब्यापारी ब्यवशायी, यातायात ब्यवशायी, सर्वसाधारण सबैलाई प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here