गोरखा बुढीगण्डकीमा बाढीले २ घर बगायो, ७ घर उच्च जोखिममा

श्रोत : ईन्टरनेट

गोरखा । लगातार परेको वर्षाका कारण बुढीगण्डकी नदीमा आएको बाढीले धार्चे गाउँपालिका वडा नम्वर १ यारुबगरका २ घर बगाएको छ।

गएराति स्थानीय गोपाल घलेको १ तले २ कोठे कच्ची र राजकुमार ढकालको ब्लकले बनेको १ तले ४ कोठे घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश दाहालले जानकारी दिए।

frontline

‘घटनाको सूचना पाएपछि हाम्रो प्रहरी टोली त्यहाँ पुग्नु भएको थियो।

अहिले घर बगाएपछि उहाँहरुको परिवार छिमेकीकोमा बस्नु भएको छ’, उनले भने ।

प्रहरीका अनुसार घले परिवारका ५ जना र ढकालका परिवारका ६ जनाले छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।

‘त्यहाँ अन्य ६ / ७ घर पनि उच्च जोखिममा छ भन्ने खबर प्राप्त भएको छ’, उनले भने।

स्थानीयका अनुसार देशबहादुर घले, सन्तोष घले, मन्द्री घले, कमल गुरुङ, काले गुरुङ र छरसिं गुरुङको घर जोखिममा छन्।

पहिरोका कारण यारुवगरबाट जगततर्फ जाने बाटो पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here