गोकर्णेश्वर नगरपालिकामा कोरोनाको कहर पुन बढ्दै

सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेको अनुरोध

सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क प्रयोगको अनुरोध

काठमाडौं,असार ४ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ असार ३ गते सम्ममा १९३० जना पुरुष र १७५० जना महिला गरि कुल ३ हजार ६ सय ८०  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

कुल संक्रमित मध्ये  १७८६जना पुरुष र  १६३२ जना महिला गरि कुल  ३ हजार ४ सय १८ जनाले  कोरोना जितेका छन  ।

frontline

हाल सम्म नगरपालिकाका  ३० जना पुरुष र २६ जना महिला गरि कुल ५६ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ।

त्यसै गरि हाल नगरपालिकामा ११४जना पुरुष र ९२ जना महिला गरि कुल २०६ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।

हाल सम्म  ५ जना पुरुष र ५जना महिला गरि कुल १० जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने १०९ जना पुरुष र ८७ जना महिला गरि कुल १९६ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।

हाल सम्म नगरपालिकामा  १७८१ जना पुरुष र १५२८ जना महिला गरि कुल ३३०९ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा २०१ जना पुरुष र १८४ जना महिला गरि ३८५ जनामा पोजेटिभ देखिएको जनाएको छ ।

त्यसै गरि हाल सम्म नगरपालिकाले  २६१० जना पुरुष र २३११ जना महिला गरि कुल ४९२१ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ ।

त्यसै गरि नगरपालिकाको गोकर्ण  प्राथमिक अस्पताल  अस्थाई  कोभिड आइसोलेसन  सेन्टरमा हाल सम्म १५ पुरुष र ११जना महिला गरि २६ जना रहेको जानकारी गराइएको छ भने हाल सम्म उक्त आइसोलेसन बाट ३ जना पुरुष र ५ जना महिला गरि कुल ८ जना डिस्चार्ज भएको पनि जानकारी गराएको छ ।

त्यसै गरि हाल सम्म उक्त आइसोलेसन केन्द्र बाट ३ जना पुरुष र २ जना महिलालाइ अन्यत्र स्थानान्तरण गरिएको पनि जानकारी गराएको छ ।

श्रोत : ईन्टरनेट

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेले अनुरोध  गरेका छन ।

उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

हालै सिन्धुपाल्चोक बाढी–पहिरो पीडितका लागि गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने भएको छ ।

सो नगरपालिकाका मेयर सन्तोष चालिसेले सिन्धुपाल्चोकमा परेको विपत्तिमा नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here