गोंगबु सामूहिक बलात्कार प्रकरण : नौ आरोपीलाई थुनामा पठाउन आदेश

१३ माघ, काठमाडौं । गोंगबुमा भएको सामूहिक बलात्कार प्रकरणका नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार प्रकरणका नौ आरोपीलाई थुनामा पठाउने आदेश दिएको हो ।

frontline

अदालतको आदेशपछि मुगुका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजवाल, दीपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, हस्त नेपाली, चन्द्र साउद र अर्घाखाँचीका गोपाल शिरीषलाई अदालतको आदेश अनुसार केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार अदालतले प्रतिवादी बनाइएका तीन होटल सञ्चालकसँग चाहिँ ३/३ लाख रुपैयाँ धरौटी माग गरेको छ । उनीहरू धरौटी बुझाएर छुटेका छन् ।

पीडित महिलाले १२ पुस साँझदेखि भोलिपल्टसम्म गोंगबुको तीनवटा होटलमा आफूमाथि बलात्कार भएको भन्दै प्रहरी प्रभाग, बसपार्कमा जानकारी गराएकी थिइन् ।

प्रहरी कहाँ खबर पुगेलगत्तै महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र काठमाडौं प्रहरी परिसर, टेकुको टोली अनुसन्धानमा खटिएको थियो ।

सीसी क्यामरा फुटेज विश्लेषणका आधारमा प्रहरीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here