गैरकानूनी क्रियाकलाप र अवैध व्यापार गर्ने नेपाली, कतार सुरक्षा निकायको निगरानीमा

नेपाली श्रमिकको ठूलो योगदान भएका कारण कतार सरकारले नेपाली कामदारको सानोतिनो गैरकानूनी क्रियाकलापलाई आँखा चिम्लिए पनि अब उसले सुरक्षा मामिलामा कुनै किसिमको सम्झौता नगर्ने

काठमाडौं। कतारको सुरक्षा निकायको निगरानीमा कतारमा गैरकानूनी क्रियाकलाप र अवैध व्यापार गर्ने नेपाली परेका छन् ।

कतारमा केही नेपालीको गैरकानूनी क्रियाकलाप तथा अवैध व्यापारलाई लिएर त्यहाँको सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ।

frontline

कतारको गृह मन्त्रालयले हालै एउटा विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, ‘विभिन्न सामाजिक संजालमा आइरहेका केही महत्त्वपूर्ण बिषय तथा अशोभनीय गतिविधिलाई सुरक्षा निकायले सुक्ष्म निगरानी तथा गहिरो अनुसन्धान गरिरहेको छ।

छिट्टै यसबारे सत्यतथ्य पत्ता लगाएर कानूनी कारवाही अगाडी बढाउने कुरामा गृहले सबैलाई सचेत गराएको छ।’ कतारको कर्नेशस्थित डुंगा तथा सनाइयाको ग्रान्डमललगायत अन्य क्षेत्रमा मादक पदार्थ रक्सी र जाँडजस्ता निषेधित पदार्थको उत्पादन र बिक्री बितरण हुने गरेकोमा सुरक्षा निकायको ध्यानाकर्षण भएको छ ।

कतारको गृहमन्त्रालयबाट विज्ञप्ती सार्वजनिक भएपछि नेपाली कम्युनिटीका अगुवा प्रोफेसर मोहम्मद रमजान अली मियाँले अनावश्यक राजनीति तथा सोसल मिडियामा आउने नानाथरी कुरा बन्द गर्न सबैसँग आग्रह गरेका छन्।

उनले कतारको आन्तरिक मामिला र समाजिक परिवेश खलबलिने कार्य नगर्न पनि नेपाली समूदायसँग आग्रह गरेका छन्।

उनले कतारको सम्बन्धित निकायले सामाजिक क्षेत्रका अगुवा नेपालीसँग कुराकानी गर्ने क्रममा गूनासो गरेको बताएका छन्। कतारमा ५ लाखको हाराहारीमा नेपाली श्रमिक रहेका छन्।

कतार सरकारले विश्व कप आयोजनाका लागि नेपाली श्रमिकले गरेको योगदानको उच्च मूल्यांकन गरेको छ।

तर, कतारी सरकारको सदासयताको लाभ उठाउदै केही नेपालीले गैरकानूनी र अवैध व्यापार गर्दै आइरहेको गूनासो बेलाबेलामा बाहिरिने गरेको छ।

अवैध रुपमा मदिरा उत्पादन, जुवातासको धन्दा, नेपाली चेलीलाई बन्धक बनाएको घटना तथा नेपालको राजनीतिलाई लिएर नेपाली–नेपालीबीच हुने गरेको झै–झगडालाई कतार सरकारले गम्भीरताका साथ लिएको छ।

यद्यपि केही नेपालीको विषयमा गहिरो अनुसन्धान भए पनि कतार सरकारले कारवाही प्रक्रिया अगाडि बढाएको छैन। कतारमा सन् २०२२ मा फिफा विश्व कप फुटबल प्रतियोगिताको आयोजना हुँदैछ।

यसका लागि सरकारले विस्तारै सुरक्षा संयन्त्रलाई मजबुत बनाउदै लगिरहेको छ।

विश्व कपमा कुनै पनि किसिमको गडबडी नहोस् भन्ने हेतुले कतार सरकारले सुरक्षाको विभिन्न युनिट बनाइरहेको छ।

विश्वकप आयोजना हुने रंगशाला निर्माणमा नेपाली श्रमिकको ठूलो योगदान भएका कारण कतार सरकारले नेपाली कामदारको सानोतिनो गैरकानूनी क्रियाकलापलाई आँखा चिम्लिए पनि अब उसले सुरक्षा मामिलामा कुनै किसिमको सम्झौता नगर्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here