गैंडाको आक्रमणबाट एकको मृत्यु

फाइल तस्बिर

काठमाडौं । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। 

कालिका नगरपालिका–१ स्थित चतुर्मुखी सामुदायिक वनमा स्थानीय तेजकुमारी सुनुवारलाई गैंडाले आक्रमण गरेको हो। 

frontline

जंगलमा घाँस, निउरो खोज्न गएको बेलामा ५६ वर्षीया सुनुवारलाई गैंडाले आक्रमण गरेको प्रहरीले जानकारी दियो।

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here