गुल्मीमा करेन्ट लागेर एकको मृत्यु

गुल्मी । गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका-१ अस्लेवाचौर घर भएका ३७ वर्षीय यमलाल कुँवरको करेन्ट लागेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

आफ्नै घरमा जडान गरिएको विधुत मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएको उनलाई रिडी प्राथमिक स्वास्थ केन्द्र लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here