गुरुप्रसादको परिवारलाई सहयोगको अपिल

मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाँडाँडा नजिकै आत्महत्या गरेका मेलम्ची नगरपालिका वडा नम्बर ११का गुरुप्रसाद दुलाल नारायणको परिवारको साहयताका निम्ती आर्थिक सहयोग संकलन अभियान सुरुवात गरिएको छ । दुलालले पछिल्लो समय देशमा आएको आर्थिक दुरावस्था, व्यावसायमा आएको चरम मन्दी, बित्तीय कर्जामा अनपेक्षित ब्याज वृद्धि र कर्जा तिर्न बैंकिङ दबाब, बढ्दो सामाजिक आर्थिक असुरक्षाका कारण आत्महत्याको बाटो रोज्न बाध्य भएको दुलालले लेखेको सुसाइड नोटमा उल्लेख गरिएको छ ।

मेलम्चीका एक ब्यबशायी दुलालले ब्यबशाय गर्ने शिलशिलामा ऋण लिएको र ऋण बढ्दै जाँदा ब्यबहार गर्न धेरै गाह्रो भएको नोटमा उल्लेख गरेका छन् । आर्थिक मन्दीका कारण घरजग्गा बिक्रि वितरण गर्न नपाएको, बैंक बाट ऋण थपेर ब्यबहार मिलाउँछु भन्दा ऋण नमिलेको र कुनै पनि विकल्प नभएका कारण मृत्युको बाटो रोज्न परेको दुलालको नोटमा उल्लेख छ । २०७२ सालको भूकम्पमा आफ्नो ५ बर्षको छोरा गमाउनु पर्दाको पिडा भूलेर निरन्तर आफ्नो कर्ममा लागेका दुलालले आर्थिक उपार्जनका लागि विकल्प नखोजेका हैनन् ।

frontline

ट्राउट माछा ब्यबशाय सञ्चालन गर्ने उद्धेश्यले लगानी गरेका दुलालले २०७८ असार १ गतेको बाढीले क्षतविक्षत बनाएको थियो । प्रकृतिले समेत खेदेको दुलाललाई अरु त कस्ले रोक्न सक्थ्यो र । मेलम्चीमा फलफुल पसल सञ्चालन गर्दै आएका उनको परिवार त्यहीं पसलमा आश्रीत थियो । छोरिलाई विदेश पठाएर ऋण घटाउने उद्धेश्य समेत भिषा नलागेर रोकिएपछि कुनै पनि विकल्प नदेखेको दुलालले नोटमा उल्लेख गरेका छन् । घरको मियो नै नभएपछि अहिले परिवारको अवस्था चिन्ता जनक अवस्थामा छ । परिवारको सदस्य गुमाउनुपर्दाको पिडा त छदैछ त्यसमाथि पनि नारायण आफैले संहाल्न नसकेको ब्यबहार ति छोरीहरुले कसरी संहाल्लान भन्ने चिन्ता परिवारमा मात्र होइन आम सम्पुर्ण मेलम्ची बासिमा छ । अहिले परिवारको सहायताका लागि आर्थिक संकलन अभियान सञ्चालन गरिएको एक अभियान्ताले बताउनुभयो ।

८० बर्षिय अशक्त वृद्ध आमा , ४ बर्षिय नाबालक छोरा , तीन छोरी र श्रीमतीको प्राण बचाउ ( परिवार बचाउ अभियान)मा थोरै मलम लगाउने प्रयास स्वरुप मेलम्ची बासिले यो अभियान संचालन गरेको हो । परिवारको बचाउँको लागि सकेको सहयोग गर्न समेत अपिल गरिएको छ । सहयोगका लागि मृतक दुलालकी श्रीमती मान कुमारी दुलालको नाममा रहेको नेपाल बैंक लिमिटेड मेलम्ची शाखाको खाता नम्बर १६८०१००७४८२३७१०००००१ मा रकम जम्मा गर्न समेत परिवार स्रोतले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here