“गाविसदेखि मेयरसम्म: सोम प्रसाद मिश्रले के–के गरे?”
आसन्न निर्वाचनमा केन्द्रित रहेर फ्रन्टलाइन खबरका इन्द्र रिजालले भक्तपुर क्षेत्र नम्बर १ का नेकपा एमाले का उम्मेदवार सोम प्रसाद मिश्र , सोम प्रसाद मिश्र संग गरेको सवाल जवाफ ( सोम मिश्र पुर्व मेयर एबम नेकपा एमाले का पुर्व केन्द्रिय सदस्य हुनुहुन्छ ।)
सवाल
यहाँले आफ्नो पास रेकर्ड जो चाहिँ चैँ सोम प्रसाद मिश्रको बारेमा सुनेकै छैनौ, तर एकदम जिस्टमा, यहाँ त गाविस कालदेखि यहाँ मेयर हुँदा आफूले गरेको पर्फमेन्सको चाहिँ बुलेट फममा एक, दुई, तीन, चार गरेर केही कुराहरू बताइदिनु।
जवाफ
मलाई मतलब, मेरो बारेमा-
सवाल
पास्ट रेकर्ड
जवाफ
मेरो क्षेत्रको जनताले कमै सुनेका छन्, चिनेका छन् जस्तो चाहिँ लाग्दैन। अँ, तर के छ भने म छत्तीस सैँतिस सालदेखि भक्तपुरको जनता सँगै छु। चाहे पहिरोबाढीमा होस्, चाहे भूकम्प गएको बेला होस्, चाहे कोभिड महामारीमा होस्, हरेक चिजमा म-
सवाल
मैले भक्तपुरबासीको लागि मात्र प्रश्न गरिराखेको छैन। आम मान्छे पब्लिक जो कसैले, कसैले त्यो सुम्प्रसाद मिश्र नसुनेको पनि हुनसक्दैन।
जवाफ
हुन सक्छ।
सवाल
त्यो, त्यो मान्छेसम्म।
जवाफ
त्यो बेला सँगै, त्यो बेला सँगै छु। त्यसपछि म पछिल्लो चोटी नगर प्रमुख भएँ, यहाँले अघि भन्नुभयो। त्यो बेला मैले केही कार्यक्रमहरू लागू गरेँ।
सवाल
हुम्।
जवाफ
जस्तो, ज्येष्ठ नागरिक बिलन चौतारी भनेर एउटा आज आजभन्दा छ वर्ष अगाडि मैले-
सवाल
एक।
जवाफ
लागू गरेको। अस्तिको आर्थिक वर्षमा नेपाल सरकारले नीति तथा कार्यक्रममा देशभरि ज्येष्ठ नागरिक बिलन चौतारी अँ बनाउने, गठन गर्ने भनेर ल्यायो।
सवाल
त्यो डिफ्युज भयो, डिफ्युज भयो।
जवाफ
मलाई एकदम खुसी लागो त्यो, त्यो अहिले चाहिँ नि त्यसको महत्त्व नेपाल सरकारले बुझ्यो।
सवाल
नम्बर टु।
जवाफ
मैले उद्यमशीलताको एउटा कार्यक्रम ल्याएँ। युवा उद्यमशीलताको लागि बिना धितो, बिना ब्याज युवाहरूलाई उद्यम गर्न, पहिला तालिम दिने, सक्षम बनाउने, प्रोजेक्ट डकुमेन्ट बनाउनेदेखि लिएर सबै कस्ट बेनिफिट अँ त्यो इस्टिमेट गर्ने, त्यो सबै सिकाउने र बिना धितो, बिना ब्याज ऋणबाट बैंकबाट ऋण प्रवाह गर्ने।
सवाल
अहिले, अहिले त्यसको अवस्था कस्तो छ? कन्टिन्यु छ?
जवाफ
अँ, कन्टिन्यु छ। तर अलि धीमा गतिमा छ।
सवाल
दुई।
जवाफ
यो अब देशका अहिले बिस पच्चीस वटा अरू पालिकाले कपी गर्दै छन् यो चागु नारायणको यो मोडेललाई।
सवाल
हुम्, तीन।
जवाफ
तीन, मैले यस्तै एउटा कन्सेप्ट ल्याएँ। हरियो वन नेपालको धन भन्ने छ, हामीले बच्चैदेखि पढेको। तर अहिले आएर त्यो वन चैँ नन प्रोडक्टिभ फोरेस्ट भ। अब हामी त्यहाँबाट इन्धन प्रयोग गर्दैनौँ, घाँस दाउरा प्रयोग गर्दैनौँ, घर बनाउने काठ पातहरू हामी प्रयोग गर्दैनौँ। अब विदेशी काठ मलेसियाको कि इन्डियाको काठ भनेर हामी युज गर्छौँ। त्यो उत्पादनमुखी वन छैन अहिले हाम्रै सँग, हरियो वन छ, होला। कार्बन संचितिको कारणले अलिकति अन्तर्राष्ट्रिय उसबाट हामीलाई राजस्व प्राप्त हुन्छ होला तर स्थानीय जनतालाई त त्यो पुग्दैन।
सवाल
तपाईंको फोरेस्ट-
जवाफ त्यस कारण-
सवाल
रिसोर्सको युज।
जवाफ
अँ, त्यस कारण, हामीले के गर्यौँ भने हामीले चागु नारायणमा चालिस हजार बहुमूल्य जडीबुटीहरू, फलफुलहरू वनमा लगायौँ, सामुदायिक वन उपभोक्ता समूहलाई परिचालन गरेर। त्यसमध्ये एउटा सामुदायिक वनमा हामीले के प्रयोग गर्यौँ भने पाइलट प्रोजेक्टको रूपमा, जसले त्यो सामुदायिक वनमा जे बिरुवा लगाउँछ, तेल्ले त्यहाँबाट उत्पादन भएको उसैले उपभोग गर्न पाउने। एवोकाडो लगायो, पछि एवोकाडो फलेपछि उसैले खान पाउँछ, जसले रोपे तेल्ले। तर त्यो त्यहाँको उपभोक्ता हुनुपर्छ। दाते ओखर लगायो, दाते ओखर उसैले खान पाउँछ। लोदसल्ला लगायो, त्योबाट बिक्री भएर आएको आम्दानी उसको हुन्छ। उल्ले सर्टेन ट्याक्स तिर्नुपर्छ, बाँकी उल्ले खान्छ। यो मोडेलमा जाँदा देशभरि हाम्रो कति सामुदायिक वन छ अहिले? आफ्नो जग्गा जमिन नहुने मान्छेहरूलाई पनि सामुदायिक वनमा जडीबुटी या फलफुल त्यहाँको हावापानीले के सुइटेबल हुन्छ त्यो लगाएर त्यहाँबाट आम्दानी खाने, आम्दानी गर्ने, जीविकोपार्जन गर्ने-
सवाल
यसको हार्वेस्टिङ, हार्वेस्टिङको टाइम भएको नै भाको छैन।
जवाफ
यो भएको छैन। कम्तीमा पनि पाँच वर्षपछि मात्रै उत्पादन हुने रैछ चिजहरू। त्यसकारण, त्यस्तो एउटा सामुदायिक वनमा हामीले पाइलटिंग गरेका छौँ।
सवाल
यो नम्बर तीन।
जवाफ
त्यो कुरा त देशभरि गर्न सकिन्छ नि!
सवाल
नम्बर फोर।
जवाफ
मान्छेलाई विदेश मलेसिया, खाडी किन जानुपर्यो? हाम्रो यत्रो वन जङ्गलहरू छ।
सवाल
नम्बर फोर।
जवाफ
नम्बर फोर, हामीले छोरीको निम्ति, अँ, हाम्रो चाहिँ नि केटाहरूको तुलनामा केटीहरूको, केटी विद्यार्थीहरूको संख्या चाहिँ, इनरोलमेन्ट स्कुलमा बराबर जस्तै, तर दस क्लासमा पुग्दा बाह्र क्लासमा पुग्दा ड्रप आउट धेरै महिला विद्यार्थीहरूको हुने, गर्ल्सहरूको। यलाई कसरी समाधान गर्न सकिन्छ, सम्बोधन गर्न सक्छ, हामीले धेरै छलफल गर्यौँ। त्यसपछि हामी विज्ञहरू सँग समेटसँगको परावर्शमा हामीले एउटा साझा मन्थन के निस्क्यो भने छोरी स्कुलमा एक कक्षामा भर्ना भएपछि उसको बैंक खाता खोल्दिने, वार्षिक रूपमा बैंक खातामा नगरपालिकाले पैसा जम्मा गर्दै जाने। उनको आफन्तहरूले पनि त्यहाँ पैसा जम्मा गर्दिन सक्छन्, त्यो खाता उनकै हो। उनले बाह्र कक्षा पढुन्जेलसम्म त्यो पैसा जम्मा गर्दै जाने। बाह्र कक्षा नपढीकन ड्रप आउट भइन् भने, पढाइ छोडिन् भने त्यो उनले पैसा पाउँदिनन्। त्यो नगरपालिकामै फिर्ता हुन्छ। बाह्र पास गरेपछि उनले त्यो पैसा आफूले हिँचेर लिएर जान पाउँछिन्।
सवाल
यो पनि अहिले सस्टेनेबल छ।
जवाफ
छ, छ। वा त्यसको तीन चार वटा उद्देश्य छ। एउटा, चागु नारायणका सबै छोरीहरूले कम्तीमा बाह्र कक्षा पढुन्, ड्रप आउट नहोस्, यो उद्देश्यले यो गरेको, एउटा उद्देश्य यो छ। अर्को, चागु नारायणका छोरीहरूको बालविवाह नहोस्। बालविवाहको उमेर क्रस गरेपछि मात्रै उनले त्यो पैसा झिक्न पाउँछिन्, दोस्रो कुरा भो। तेस्रो, भोलि उनको विवाह हुँदा अलिकति घरजम्मा राम्रो भएन, के भो कसो भयो भने उनको एक डेढ लाख पैसा कति जम्मा भएको हुन्छ, तेल्ले सानो व्यवसाय गरेर उनी आफ्नो खुट्टामा जीवनभर सर्भाइव भोलि पनि, त्यसकारण सुरक्षा जीवनभरिको भन्ने हामीले नारा, त्यसकारण उनी त्योबाट टेकेर अगाडि बढ्नु पर्छ।
सवाल
अरू…
जवाफ
अब सोह्र सत्र अठार वर्षमा बाह्र पास गरिन् तर युनिभर्सिटी जोइन गर्नलाई उलाई आर्थिक अभाव हो, पैसा त उनले बिस क्रस नगरी पाउँदिनन्। अँ, त्यो स्थितिमा भने उनले लोनको सापटीको हिसाबमा त्यो पैसा खर्च गरेर उच्च शिक्षा अध्ययन गर्न सक्छिन्। इन केस, त्यस्तो नहोस् हुन त, तर ती नानीको छोरीको कुनै दुर्घटनावश, देहावसान भयो, के भयो भने, त्यो उनको खातामा जम्मा भएको पैसा उनको अभिभावकले यो हाम्रो छोरीको हो, हामी लगेर खर्च गर्छौँ भन्दा पनि लाना पाउनु भो। अब छोरी त हामीले गुमायौँ, यो पैसा चाहिँ कुनै नाम रहने काममा रहोस् भन्ने चाहना राख्नुभने, उनको खातामा जति पैसा छ, त्यत्तिकै अरू थप पैसा नगरपालिकाले थपेर उन ती नानीकै नाममा उनले पढेको स्कुलमा अक्षर कोष राख्दिने। यस्तो उद्देश्यहरूले पनि हामीले यो काम गरेका हौं।
सवाल अरू, अरू यो चालु-
जवाफ
यो पनि मलाई दमौने काम होला जस्तो लाग्छ।






प्रतिक्रिया दिनुहोस्